IME Life New

पुँजी बजार सुधार गर्ने धितोपत्र बोर्डको कार्ययोजना सुरुमै फेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालको बारम्बारको निर्देशन र ताकेतापछि नेपाल धितोपत्र बोर्डले अघि सारेको पुँजी बजार सुधार कार्ययोजना सुरुमै असफल भएको छ।

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले असोज २६ गते लगानीकर्ताको घेराबन्दी र दबाबकाबीच पारित गरेको ९ बुँदे पुँजी बजार कार्ययोजनाको सुरुकै कार्यक्रम निर्धारित समयमा कार्यान्वयन हुन नसकी असफल भएको हो। उक्त कार्ययोजनाको बुँदा नम्बर १ मा धितोपत्र ब्यवसायीमार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन गर्ने भनिएको थियो। यो कार्य सम्पन्न भई कात्तिक मसान्तभित्र लगानीकर्ताले ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा प्राप्त गरिसकेको हुने उपलब्धि आँकलन गरिएको थियो। यसमा धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र शेयर ब्रोकरहरुलाई जिम्मेवार देखाइएको थियो।

Esewa
Crest

आज मंसिर १ गते भइसक्दा समेत मार्जिन कारोबार प्रणाली शुरुवात भएको संकेतसम्म नमिल्नुले बोर्डको कार्ययोजना असफल भएको जोकोहीले पनि ठहर गर्न सक्छन्। २०७५ सालमा मार्जिन कारोबार नियमवाली बनेर कार्यान्वयनमा आए पनि अहिलेसम्म लगानीकर्ताले शेयर ब्रोकरमार्फत मार्जिन कारोबार गर्न पाएका छैनन् र नियमनकारी निकायहरुको वाचा पटक–पटक असफल हुँदै आएका छन्।

कार्ययोजनाको दोस्रो बुँदामा सीडीएससीमार्फत कम्पनीहरुलाई प्रदान गर्ने इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आइजिन)बारे एकरुपता कायम गरी कार्यान्वयन गर्ने भन्दै कात्तिक मसान्तकै समय तोकिएको थियो। यस अवधिमा धितोपत्र बोर्ड र सीडीएससीले कम्पनीहहरुको आइजिनमा एकरुपता कायम गरिसकेको हुने भनी अपेक्षित परिणाम आँकलन गरिएको थियो। यो कार्य गर्न पनि धितोपत्र बोर्ड असफल भएको छ।

यसरी सुरुकै कार्यक्रम असफल भएपछि अर्थमन्त्रीको निर्देशन नै असफल भएको र धितोपत्र बोर्डले पुँजी बजार सुधारको काम गर्न आलटाल गरेको देखिएको छ। यसबाट धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको कार्यक्षमतामा प्रश्न उठ्नुका साथै धितोपत्र बोर्डले असोज २६ गते जारी गरेको सार्वजनिक सूचनामा कार्ययोजना तोकिएकै समयमा कार्यान्वयन हुने भनी गरेको प्रतिबद्धताको पनि धज्जी उठेको छ।

धितोपत्र बोर्डले लगानीकर्ताको तीव्र दबाबपछि जारी गरेको कार्ययोजनाका सुरुकै महत्वपूर्ण कार्यक्रमहरु निर्धारित समयमा कार्यान्वयन गर्न असफल भएपछि बाँकी कार्यक्रम पनि कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ। योसँगै पुँजी बजारमा निराशा बढ्दै गएको देखिन्छ।

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले पुँजीबजार सुधारका लागि तय गरिरहेको कार्ययोजनाहरु कार्यान्वयनको प्रक्रिया अब अगाडि बढ्ने बताए। ‘धितोपत्र बोर्डले कार्ययोजनाहरु कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाइसकेको अवस्था छ’, उनले भने, ‘अब छिट्टै काम अगाडि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS