काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २.५ प्रतिशत बोनस शेयर र लाभांश करसहित १० प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश कम्पनीले आगामी साधारणसभाबाट अनुमोदनपछि शेयरधनीहरुलाई वितरण गर्नेछ।
साधारणभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

















