IME Life New

आम्दानी घट्दा नेपाल टेलिकमको नाफामा संकुचन, ईपीएस कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु वर्षको ३ महिनामा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा २३.८२ प्रतिशतको संकुचन आएको छ।

Crest

समीक्षा अवधिमा कम्पनीले सेवा प्रवाहबापत ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले सेवा प्रवाहबापत ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी पनि ०.०१ प्रतिशतले घटेको छ।

चालु वर्षको असोजसम्म कम्पनीले ६० करोड ५ लाख रुपैयाँ वित्तीय आम्दानी र १९ करोड १० लाख रुपैयाँ अन्य आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ वित्तीय आम्दानी र २० करोड ६३ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको दुवै आम्दानी घटेको छ।

चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ र सरप्लसमा ७१ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २९.४५ रुपैयाँ, पीई रेसियो २८.७२ गुणा र प्रतिशेयर नेटवर्थ ५०५.७५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS