IME Life New

पहिलो त्रैमासः दुई निर्जीवन बीमकबाहेक सबै कम्पनी घाटामा, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालनमा रहेका १४ वटै निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/ ८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स बाहेक सबै कम्पनीको नाफा ऋणात्मक देखिएको छ ।

यस वर्ष नेपालमा जेनजी आन्दोलनको कारणले भएको क्षतिले गर्दा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको नाफामा नकारात्मक असर परेको हो। जलवायु परिवर्तनका कारणले बाढीपहिरो तथा दैवी प्रकोपको प्रभावले गर्दा निर्जीवन बीमकहरुको नाफा प्रभावित बनेको छ।

Esewa
Crest

असोज मसान्तसम्मको तथ्याङक हेर्दा प्रभु इन्स्योरेन्स कम्पनीले मात्रै नाफामा वृद्धि गर्न सफल भएको देखिएको छ । कम्पनीले अघिल्लो वषृको यसै अवधिको तुलनामा नाफा १२ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले यस अवधिमा ६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता नेशनल इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा १८ करोड ३ लाख घाटा व्यहोरेको थियो भने यस समीक्षा अवधिमा ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले ९ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ६५ लाख नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिमा ११ करोड ५२ लाख नाफा कमाएको शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा १५ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ७ करोड ४ लाख नाफा कमाएको नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा ८ करोड ३१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा १० करोड ९३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा ६ करोड ४० लाख नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा २९ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ६ करोड १० लाख नाफा कमाएको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा २० करोड ७६ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ५ करोड ८ लाख नाफा कमाएको सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा २० करोड २ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ४ करोड ८९ लाख नाफा कमाएको एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा १० करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा १ करोड ४ लाख नाफा कमाएको नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२ /८३ को पहिलो त्रैमासमा ९ करोड ६३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको ३ महिना अर्थात असोजसम्ममा यूनाइटेड अजोड इन्स्योरेन्सले १५ करोड ११ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी १ करोड ८१ लाख घाटामै थियो ।

अघिल्लो वर्षको यसै अवधिमा पनि ८ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस समीक्षा अवधिमा पनि २६ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले यस अवधिमा २८ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसै अवधिमा पनि कम्पनी २४ करोड ५१ लाख रुपैयाँ घाटामै थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS