काठमाडौं । नेप्से परिसूचक ५ दशमलव १५ अंकले घटेर २,५४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, बुङगल हाइड्रो र बन्दीपुर केलकारका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । नविल डिबेञ्चरका इकाईधनीले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् ।


















