IME Life New

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम पनि ३ अर्ब ८९ करोडमा सीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको पहिलो दिन बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव १५ अंकले घटेर २,५४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३७ कम्पनीको ७९ करोड ५७ लाख ५६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोडको शेयर कारोबार भएको छ । आज एसबिएल डिबेञ्चर २०८९ को सर्वाधिक कारोबार भएको छ । आज यसको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, बुङगल हाइड्रो र बन्दीपुर केलकारका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । नविल डिबेञ्चरका इकाईधनीले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS