IME Life New

एसवाई प्यानलको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसवाई प्यानल नेपालको आइपीओ आज बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज यो कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो। यो कम्पनीको ४० लाख ७६ हजार १५६ कित्ता आइपीओ गत कात्तिक १९ गतेदेखि कात्तिक २३ गतेसम्म बिक्री खुला गरिएको थियो।

Esewa
Crest

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार अन्तिम दिनसम्म यो आइपीओमा २१ लाख ८९ हजार ७७३ आवेदकबाट कुल २ करोड ५३ लाख ८१ हजार २० कित्ता शेयर माग भएको थियो। जसमा २० लाख ८७ हजार ३२० आवेदकबाट माग भएको २ करोड ३१ लाख ७८ हजार ४७० कित्ता सदर भएको थियो भने १८ हजार ५४ आवेदकबाट माग भएको २ लाख २८ हजार ६५० कित्ता बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ४ लाख ७ हजार ६१५ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये ६ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। सदर आवेदकमध्ये १६ लाख ७९ हजार ७०५ आवेदकको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा सीडीएससको मेरो शेयर तथा ष्उयचभकगति।अमकअ।अयm।लउ र प्रभु क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%
happy

खुसी

24%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

24%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS