काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/ ८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनकिो अधिकांश सूचक बढेको छ ।
१ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १० करोड ३४ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १४ करोड ५ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले २९ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ११ प्रतिशतले बढी हो ।
त्यस्तै, कम्पनीले यस अवधिमा १२ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाा घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १२ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २७ पैसा रहेको छ ।


















