काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/ ८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ ।
३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ९ करोड ५९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५० करोड ८४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्ममा कम्पनीले ५८ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५६ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ४ दशलमव २० प्रतिशतले बढी हो ।
त्यस्तै, कम्पनीले यस अवधिमा २४ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २२ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले बढेको हो ।
यस अवधिमा कम्पनी २० करोड ७६ लाख रुपैयाा घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ४१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ४१ पैसा रहेको छ ।

















