काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९.५५ रुपैयाँको कुल १०.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने १७ करोड ७८ लाख १२ हजार ७८५.९८ रुपैयाँबराबरको बोनस शेयर र ५.३६ प्रतिशतले हुन आउने १९ करोड ५ लाख ५३ हजार ६२६.३० रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

















