IME Life New

झापा इनर्जीको शेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झापा इनर्जीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

झापा इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शनिबार परेको झापा इनर्जीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

झापा इनर्जीको कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा सर्वसाधारणको ९ लाख ५० हजार ४७५ कित्ता (२५ प्रतिशत) र संस्थापकको २८ लाख ५१ हजार ४२५ कित्ता (७५ प्रतिशत) रहेको छ।

नेप्सेले झापा इनर्जीलाई ‘झापा’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १००.१२ रुपैयाँदेखि अधिकतममा ३००.३६ रुपैयाँ तोकेको छ। अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

झापा इनर्जीले सर्वसाधारणका लागि गत भदौ २० गतेदेखि भदौ ३० गतेसम्म आइपीओ बिक्री खुलेको थियो। यो आइपीओको बाँडफाँट धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा असोज ८ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS