IME Life New

न्याय सम्पादनमा बीमा प्राधिकरण निकै सुस्त, एक महिनामा ३ वटा उजुरी मात्रै फर्छ्यौट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण न्याय सम्पादनमा सुस्त बन्दै गएको छ।

प्राधिकरण आफैँले प्रकाशन गरेको बीमा प्रतिविम्बको तथ्यांकअनुसार यस्तो देखिएको छ। चालु आर्थिक वर्ष २०८२।८२ को असोज महिनामा प्राधिकरणले ३ वटा उजुरी मात्रै फर्छ्यौट गरेको देखिन्छ। जब कि साउन र भदौमा प्राधिकरणबाट २७ वटा उजुरी फर्यौट भएका थिए।

Crest

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिना असोजसम्म कुल ३० उजुरी फर्छ्यौट गरेको छ। जसमा २३ वटा उजुरीको फैसला र ७ वटाको सहमति गरिएको छ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको असोजसम्म ४२६ वटा उजुरी परेका थिए। जसमा चालु आर्थिक वर्ष पहिलो ३ महिनामा परेका ३२ वटा र गत आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका ३९४ उजुरी छन्।

प्राधिकरणले अझै ३९६ वटा उजुरी राफसाफ गर्न बाँकी रहेको देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS