IME Life New

तीन महिनामा सीआईटीले कमायो रु. ३१.४३ करोड, बैंकको मुद्दति निक्षेपमा करिब ५५% लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को पहिलो ३ महिनामा कोषले ३० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा ४.४३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १८.८७ प्रतिशतले घटेर ९ करोड ७२ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको ब्याज आम्दानी ११ करोड ९८ लाख रुपैयाँ थियो।

चालु वर्षको असोजसम्म कोषले सेवा शुल्क तथा कमिसनबापत ४२ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३९ करोड १६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी ९.१३ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगाायतका कोषको आकार ०.७७ प्रतिशतले बढेर ३ खर्ब १९ अर्ब १५ करोड ५६ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ती कोषमा ३ खर्ब १ अर्ब ९३ करोड २४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९५ अर्ब ८३ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ५० अर्ब ९९ करोड ५६ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी १७.८६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ६२ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष बैंकहरुको मुद्दति निक्षेपमा कोषले १ खर्ब ३७ अर्ब ५३ करोड २२ लाख रुपैयाँ । अघिल्लो वर्षको तुलनामा बैंक मुद्दति निक्षेपमा कोष लगानी १८.१९ प्रतिशतले बढेको छ भने कुल लगानीमा बैंकहरुमा मुद्दति निक्षेपको हिस्सा करिब ५५ प्रतिशत रहेको छ।

समीक्षा अवधिसम्म कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य घटेर १९.४० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.८७ रुपैयाँ थियो। लगानीमा प्रतिफल ४.८१ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १६९.०८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS