IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पहिलो त्रैमासः खुद बीमाशुल्क ३० करोड ९० लाख हुँदा अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/ ८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीको अधिकांश सूचकमा गिरावट छन् ।

समीक्षा अवधिमा कम्पनी २९ करोड ८५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पछिल्लो समय नेपालमा विषम परिस्थती जेनजी आन्दोलनमा परेको दाबीका कारण पनि पनि घाटमा देखिएको हो ।

Esewa
Crest

२ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिमा रिटेन्ड अर्निङमा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ । रिपेसल रिर्जभमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २२ करोड ६० लाख रहेको छ ।

कम्पनीले समीक्षा अवधिमा ६६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको यसै अवधिको तुलनाका कम्पनीको कुल बीमाशुल्क सामान्य घटेको हो ।

प्रथम त्रैमासमा कम्पनीले ३० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कमपनीले ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क आर्जन पनि घटेको हो ।

समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमीसन मार्फत ८० लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले अभिकर्ता कमीसन मार्फत ४८ लाख ७१ ह्जार खर्च गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमीसनमा धेरै रकम खर्च गरेको हो ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घाटामा ४२ रुपैयाँ ५५ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ ३३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS