IME Life New

‘जेन जी’ आन्दोलनको विध्वंशले ह्वात्तै बढ्यो निर्जीवन बीमकले भुक्तानी गर्न बाँकी दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार र अराजकताविरूद्ध गत भदाै महिनामा तन्नेरी पुस्ता(जेन जी) को आन्दोलनका क्रममा भएको विध्वंशले निर्जीवन बीमा कम्पनीमाथि दबाब बढाएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्कमा, निर्जीवन बीमकले  भुक्तानी गर्न बाँकी दाबीवापतको रकम ५९.११ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ। गत असोज मसान्तसम्ममा निर्जीवन बीमकले १ लाख १० हजार २५८ वटा दाबी संख्या अन्तर्गत कुल ५२ अर्ब २० करोड ४१ लाख रूपैयाँ भुक्तानी हुन अझै बाँकी छ । गत आवको पहिलो त्रैमाससम्ममा दाबी भुक्तानी गर्न बाँकी रकम ३२ अर्ब ८१ करोड ५५ लाख रूपैयाँ रहेको थियो।

Esewa
Crest

केही वर्षयता तोडफोड र हुलदङ्गा बीमाबाट प्राप्त बीमाशुल्कमा बचतको स्थितिमा रहेका निर्जीवन बीमा कम्पनीहरूका लागि ‘जेन जी’ आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी, चोरी र लुटपाटले ठूलो वित्तीय दबाब सिर्जना गरेको हो।

प्राधिकरणका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमकको दाबी रकम ३१.८५ प्रतिशत वृद्धि भएको छ। तीन महिनाको अवधिमा निर्जीवन बीमकले कुल ५ अर्ब ६४ करोड ३ लाख रूपैयाँ भुक्तानी गरेका छन् ।

निर्जीवन बीमकले चालु आ.व २०८२/८३ को असोज मसान्त्तसम्ममा कुल ३२ हजार ६१५ वटा दाबी फर्छ्याैट गरेका छन् । गत आ.व.को असोज मसान्त्तसम्मको तुलनामा दाबी भुक्तानी संख्या ५.३९ प्रतिशत बढेको छ। यो मध्ये अधिकांश मोटर बीमा, स्वास्थ्य बीमा र यात्रा बीमासँग सम्बन्धित स साना बीमाङ्क रकमको दाबी रहेको छ।

चालू आर्थिक वर्षमा प्राकृतिक विपद र राजनीतिक आन्दोलनका कारण भएको क्षतिका कारण दाबी संख्या र रकम दुबै बढ्दा निर्जीवन बीमकको वासलातमा अझै दबाब बढ्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS