IME Life New

निवर्तमान आईजीपी खापुङलाई विदेश जान रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान आईजीपीचन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ।

गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले आजदेखि सेवा निवृत्त भएका खापुङलाई विदेश जान रोक लगाएको हो। आयोगको आजै बसेको बैठकले सेवानिवृत्तलगत्तै खापुङलाई देश छाड्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

Esewa
Crest

यसैगरी आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका पनि छाडेर बाहिर जान नपाउने निर्णय भएको छ।

सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले जेनजी पुस्ताको आन्दोलनका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग बनाएको छ। आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि आयोगको अनुमतिबिना काठमाडौं नछाड्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS