IME Life New

इतिहासकै लामो अमेरिकी सटडाउन अन्त्य गर्ने विधेयक संसदको तल्लो सदनबाट पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रव्यापी सटडाउन अन्त्य गर्ने विधेयक पारित गरेको छ। विधेयक २२२–२०९ को मतले पारित भएको हो।

प्रतिनिधिसभा अमेरिकी कांग्रेसको तल्लो सदन हो भने सिनेट माथिल्लो सदन हो। मतदानका क्रममा ६ जना डेमोक्र्याटिक सदस्यले अन्ततः रिपब्लिकन विधेयकलाई समर्थन गरेका थिए। विधेयक अब राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ हस्ताक्षरका लागि जानेछ।

Esewa
Crest

ट्रम्पले बिहीबार विधेयकमा हस्ताक्षर गर्ने योजना बनाएको बताएका छन्। राष्ट्रपतिको स्वीकृतिसँगै अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन आधिकारिक रुपमा समाप्त हुनेछ।

विधेयक पारित भएपछि प्रतिनिधिसभाका सभामुख माइक जोनसनले भने, ‘हामी आज ठूलो राहात महसुस गर्छौं। डेमोक्र्याटिक सटडाउन अन्ततः समाप्त भएको छ।’

जोनसनले सटडाउनका लागि विपक्षी डेमोक्र्याटिक सांसदहरुलाई दोष दिए। सटडाउनपछि धेरै सरकारी कार्य निलम्बित गरिएको छ।

यसैगरी ठूलो संख्यामा संघीय सरकारी कर्मचारी या त बिदामा छन् वा तलब बिना काम गरिरहेका छन्। वास्तवमा सिनेटले सरकारी खर्चसँग सम्बन्धित विधेयक पारित गर्न असफल भएको छ। सिनेटका सदस्यहरुले १४ पटक विधेयक अस्वीकार गरे। यसले गर्दा संयुक्त राज्य अमेरिकामा सटडाउन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS