IME Life New

के हो ब्याज दरसँग सम्बन्धित लगानी जोखिम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्याजदर जोखिम भन्नाले बजार ब्याजदरमा उतारचढाव आउँदा वित्तीय संस्था वा लगानीकर्ताको नाफा वा नोक्सान वा पूँजीमा पर्ने जोखिमलाई जनाउँछ। सरल भाषामा भन्नुपर्दा, ब्याजदर परिवर्तन हुँदा ऋण पत्र, ऋण, वा अन्य ब्याजमा आधारित लगानीको मूल्य वा आम्दानी पनि परिवर्तन हुन्छ।

नयाँ ऋण वा ऋणपत्रले पहिले लिइएका ऋणपत्रमा निश्चित ब्याजदरभन्दा बढी ब्याजदर बोक्छ। फलस्वरूप, अघिल्लो ऋणपत्रको बजार माग र मूल्य घट्छ।

Esewa
Crest

बजार ब्याजदर घट्यो भने पहिले लिइएका ऋण पत्रको ब्याजदर नयाँ बजार ब्याज दर भन्दा बढी हुन्छ। फलस्वरूप, अघिल्लो ऋणपत्रको बजार माग र बजार मूल्य दुबै बढ्छ।

मानौं तपाईले १० वर्षको लागि ५ प्रतिशत ब्याजदरमा रु १००,००० को ऋणपत्र किन्नु भएको छ। यदि बजारमा नयाँ ऋणपत्रको ब्याजदर ७ प्रतिशत कायम भयो भने, तपाईको ५ प्रतिशत ऋण पत्रको बजार मागसँगै मूल्य पनि घट्नेछ किनभने कसैले पनि ५ प्रतिशत ब्याजदरभन्दा ७ प्रतिशत ब्याजदरको ऋण पत्रमा लगानीका लागि रोज्नेछ।
यदि बजारमा नयाँ ऋण पत्रको ब्याजदर ३ प्रतिशत भयो भने, तपाईको ५ प्रतिशतको ऋण पत्रको बजार मूल्य बढ्नेछ।

त्यसैगरी बैंक कर्जाको हकमा बैंकका लागि ऋणको ब्याज दर घट्दा भन्दा बढ्दा फाइदा हुन्छ। मानाैं तपाईले बैंकबाट १० प्रतिशत ब्याज दरमा बैंकबाट रु १,००,०००  ऋण लिनुभएको छ। यदि बजारमा नयाँ ब्याजदर १२ प्रतिशत छ भने, तपाईको ऋणले बैंकको लागि कम ब्याज आम्दानी गरिरहेको छ । तर बजार ब्याजदर ८ प्रतिशत छ भने, तपाईले लिनुभएको ऋण रकम बैंकको लागि बढी नाफामुखी हुन्छ।

ब्याजदर जोखिम मूलतः बजार ब्याजदरमा हुने उतारचढावबाट लगानी वा ऋणको मूल्य वा आम्दानीमा उत्पन्न हुने अनिश्चिततासँग सम्बन्धित जोखिम हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS