IME Life New

जेनजी आन्दोलनः क्षतिग्रस्त सम्पत्तिको सबैभन्दा धेरै बीमा दाबी भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर, कुनबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको बीमांकृत सम्पत्तिको सबैभन्दा बढी दाबी भुक्तानी दिने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक २४ गतेसम्मको तथ्यांकअनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट क्षतिग्रस्त बीमांकृत सम्पत्तिको ४०१ वटा दाबीको ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्न पर्ने देखिएको छ। हालसम्म कम्पनीले १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ दाबी भुक्तान गरिसकेको छ।

Esewa
Crest

हालसम्म १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ३ हजार २४६ वटा दाबीको २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। त्यसमध्ये कम्पनीहरुले अग्रिम भुक्तानीसहित कुल ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले हालसम्म ४४५ वटा दाबीको २ अर्ब ४२ करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गर्नुपर्ने देखिएकोमा ६६ करोड २६ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

तेस्रो धेरै दाबी भुक्तानी गर्ने कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २१६ वटा दाबीको २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा हालसम्म ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।

हालसम्म प्राप्त विवरण

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS