IME Life New

मेरो माइक्रोफाइनान्स १३औँ वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्सले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालय सहित देशैभरका शाखा कार्यालयहरुमा पनि वार्षिक उत्सव मनाएको छ । संस्था स्थापनाको १३ वर्षअघि नुवाकोटको बट्टारमा राष्ट्रिय स्तरको लघुवित्तको रुपमा स्थापना भएको हो ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय पहुँच पु¥याएको संस्थाले बाह्रौ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५३ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल रहेको छ । त्यसैगरी हालसम्म रु. ३ अर्ब ९८ करोड बराबर निक्षेप संकलन गरी रु. १५ अर्बभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

Esewa
Crest

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली ,रणनीति, ग्राहकहरुको अगाध माया, अटुट बिश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यहरुको भरोसा, कर्मचारीको अतुलनिय योगदान तथा शुभचिन्तकहरु प्रति कृतज्ञता प्रकट गदैं संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरुमा अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल रहेकोमा खुसी ब्यक्त गरे ।

संस्थाले यसरी आफ्नो कारोबार बृद्धि गर्दै जाँदा पर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न ८ वटा विभाग, ७ वटा प्रदेशस्तरीय तथा १९ वटा अनुगमन स्टेशनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरु बताउँछन् ।

देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो बिभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS