काठमाडौं । आज नेप्से परिसूचक २० दशमलव ५६ अंकले घटेर २,५४४ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै भुगोल इनर्जी र सागर डिष्टिलरीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुङगल हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । बन्दीपुर केबलकारका लगानकिर्ताले पनि ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् ।


















