IME Life New

बागमती प्रदेशमा २५%ले घट्यो घरजग्गा रजिस्ट्रेसन, सरकारले पाउने राजस्वमा साढे २३%को गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बागमती प्रदेशमा घरजग्गाको रजिस्ट्रेसन घटेसँगै सरकारले पाउने राजस्व पनि उच्च गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्मको बागमती प्रदेशको आर्थिक गतिविधि प्रतिवेदनबाट यस्तो देखिएको हो। समीक्षा वर्षमा बागमती प्रदेशमा घरजग्गा रजिस्ट्रेसन संख्या २५ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा सोे संख्या १८.१० प्रतिशतले घटेको थियो।

Esewa
Crest

प्रतिवेदनअनुसार समीक्षा वर्षमा ९८ हजार ६४८ वटा घरजग्गा रजिस्ट्रेसन भएका छन्। अघिल्लो वर्ष २०८०।८१ असार मसान्तसम्म १ लाख ३१ हजार ४५१ वटा घरजग्गा रजिस्ट्रेसन भएका थिए।

यसैगरी समीक्षा वर्षमा घरजग्गा रजिस्ट्रेसनबापत सरकारले पाउने राजस्व २३.६ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा पनि यस्तो राजस्व २६.२३ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष घरजग्गा रजिस्ट्रेसनबापत सरकारले १ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो।

समीक्षा वर्षमा घर–भवन नक्सापास संख्या पनि १.७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS