IME Life New

विदेशी कामदारका लागि सुखद खबर, एच-१बी भिसामा डोनाल्ड ट्रम्पको युटर्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एच–१बी कामदार भिसामा आफ्नो अडान नरम पार्ने संकेत दिएका छन्। यस मुद्दाको बचाउ गर्दै ट्रम्पले भने, ‘अमेरिकाले केही क्षेत्रमा विदेशी प्रतिभालाई आकर्षित गर्न आवश्यक छ र एच–१बी भिसा कायम राख्नुपर्छ।’

ट्रम्पको अडानले ध्यान खिचेको छ। किनकि उनले हालै एच–१बी भिसा शुल्क धेरैपटक बढाएका छन्। ट्रम्प प्रशासनले यो निर्णयले अमेरिकीबाट जागिर खोस्ने तर्क गरेको थियो। ट्रम्पको परिवर्तन भएको अडानले विदेशी कामदारहरुलाई राहात भएको छ।

Esewa
Crest

फक्स न्युजकी लौरा इन्ग्राहमसँगको एक अन्तर्वार्ताका क्रममा डोनाल्ड ट्रम्पलाई एच–१बी भिसा र आप्रवासनका बारेमा प्रश्न गरिएको थियो। उनले जबाफ दिए, ‘हामी बाहिरी मानिसका लागि ढोका बन्द गर्न सक्दैनौँ। हामीले निश्चित रुपमा विश्वभरबाट प्रतिभाशाली मानिसलाई भित्र्याउन आवश्यक छ।’

जब पत्रकारले अमेरिकामा धेरै प्रतिभाशाली मानिसहरु छन् भने तब ट्रम्पले स्पष्ट रुपमा भने, ‘हामीसँग निश्चित प्रतिभा छैन।’

यस वर्ष जनवरीमा दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले भिसा र आप्रवासन मुद्दाहरुमा धेरै कडा अडान लिएका छन्। उनले अवैध आप्रवासीहरुलाई देश निकाला गर्न अभियान सुरु गरेका छन्। उनले भिसा नियमहरुमा पनि परिवर्तन गरेका छन्। जसले विदेशी कामदारहरुलाई संयुक्त राज्य अमेरिकामा आउन र काम गर्न गाह्रो बनाउँछ।

फलस्वरुप ट्रम्पको भनाइलाई युटर्न मानिएको छ। ट्रम्पले अब भनेका छन् कि अमेरिकालाई विदेशबाट दक्ष कामदारहरु चाहिन्छ।

ट्रम्पको टिप्पणी दक्ष कामदारहरुका लागि खुसीको खबर हो। सेप्टेम्बरमा ट्रम्प प्रशासनले एच–१बी भिसामा १ लाख डलर आवेदन शुल्क लगाएको थियो। एच–१बी भिसाहरु अमेरिकाका केही ठूला कम्पनीले विशेषगरी प्रविधि उद्योगमा अन्य देशहरुबाट कामदारहरु ल्याउन प्रयोग गर्छन्। त्यसकारण यदि ट्रम्प प्रशासनले यस मुद्दामा आफ्नो अडान नरम पार्छ भने यसले विदेशी कामदारहरुका लागि सजिलो बनाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS