IME Life New

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश, साधारण सभा पुस ४ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँको कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश छन्।

यसैगरी सञ्चालक समितिको बैठकले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते डाकेको छ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Esewa
Crest

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले विशिष्टीकृत लगानी कोष व्यवस्थापन गर्ने उद्देश्यले कम्पनीमा ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीका रुपमा कोष व्यवस्थापन कम्पनी स्थापना गर्ने र सोसम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

1762920965572

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS