IME Life New

वारेन बफेटले ६ दशकदेखि गर्दै आएको यो काम अब नगर्ने, शान्त रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका प्रख्यात लगानीकर्ता र विश्वका धनी व्यक्तिहरुमध्ये एक वारेन बफेटले एउटा महत्वपूर्ण घोषणा गरेका छन्। उनले बर्कशायरको वार्षिक पत्र लेख्न बन्द गर्ने घोषणा गरेका छन्।

बफेटले विगत ६ दशकदेखि वार्षिक पत्र लेख्दै आएका छन्। जुन विश्वभरका लगानीकर्ताहरुका लागि बाइबल बनेको छ। यद्यपि, उनी भन्छन्, ‘म हरेक थ्यांक्सगिभिङमा आफ्ना शेयरधारकलाई सन्देश पठाउन जारी राख्नेछन्।’

Esewa
Crest

बफेट १४९ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनीव्यक्तिहरुको सूचीमा ११ औँ स्थानमा छन्। बफेटले लेखेका छन्, ‘म अब बर्कशायरको वार्षिक प्रतिवेदन लेख्ने छैन वा वार्षिक बैठकहरुमा अन्तहीन कुरा गर्ने छैन। म अब शान्त रहनेछ।’

बफेटका लामो समयदेखिका साझेदार ग्रेग एबेलले यस वर्षको अन्त्यसम्ममा आधिकारिक रुपमा बर्कशायरको सीईओको पदभार ग्रहण गर्नेछन्। बफेटले आफ्नो पत्र व्यक्तिगत नोटमा सुरु गर्दै लेखेका छन्, ‘म ९५ वर्षको उमेरसम्म बाँच्न पाएकोमा आभारी र छक्क परेको छु।’

यी महान लगानीकर्ताले सन् १९३८ मा एपेन्डिसाइटिसको एक घटना सम्झिए, जब उनी ८ वर्षको उमेरमा मृत्युको नजिक पुगेका थिए। उनले वर्णन गरे, ‘मलाई ओमाहाको क्याथोलिक अस्पतालमा पठाइएको थियो।’

बफेटले ओमाहा सहरका बारेमा पनि लेखेका छन्। जसलाई उनी घर भन्छन्। उनले भने, ‘म र बर्कशायर दुवै आफ्नो ओमाहा आधारका कारणले राम्रो अवस्थामा थियौँ।’

उनले आफ्नो जीवनलाई आकार दिने मानिसहरुलाई पनि श्रद्धाञ्जलि अर्पण गरे। जसमा बफेटका ६० वर्षभन्दा बढी समयका साझेदार चार्ली मुंगर पनि समावेश थिए। उनको सन् २०२३ मा निधन भयो। ‘हामीसँग हाम्रा मतभेद थिए तर कहिल्यै तर्क भएन’, बफेटले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS