IME Life New

हुन्डीबाट गैरकानुनी कारोबार गर्दा सम्पत्ति जफत र १ वर्षसम्म जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकी अपराध संहित, २०७४ को दफा १२५क अनुसार कसैले पनि हुन्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन।

प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीका उपकरणबाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तान लिने, दिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबारलाई हुन्डी कारोबार भनेर बुझिन्छ। नेपालमा यो कारोबारलाई गैरकानुनी मानिन्छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै क्षणिक लाभको लोभमा हुन्डीबाट गैरकानुनी कारोबार नगर्न सबैलाई सचेत गराएको छ। ‘रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यवासायिक कारोबार वास्तविक हिसाबकिताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने गर्नु हुँदैन’, राष्ट्र बैंकले भनेको छ।

यदि कसैले हुन्डीसम्बन्धी कसुर गरेमा बिगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र १ वर्षसम्मको कैद हुने कानुनी व्यवस्था रहेको छ। ‘त्यसैले नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थापनान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीइ संस्था र विप्रेषण कम्पनीको मात्र प्रयोग गरौँ’, सूचनामा आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS