IME Life New

सेबोनमा एक घन्टा धर्नालाई कर्मचारीले दिए निरन्तरता, माग पूरा हुनेमा आशंका !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीले आजबाट पेन डाउनको कार्यक्रम स्थगित गरेका छन्। यद्यपि, उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म एक घन्टा धर्नाको कार्यक्रमलाई भने निरन्तरता दिने भएका छन्।

सेबोनमा क्रियाशील कर्मचारी युनियन र स्वतन्त्र कर्मचारी संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै धर्नाको कार्यक्रमलाई भने निरन्तरता दिइने जानकारी गराएका हुन्। यसले अर्थ मन्त्रालय र सेबोन बोर्डको आश्वासनप्रति कर्मचारीहरु सशंकित रहेको प्रस्ट बुझिन्छ।

Esewa
Crest

सेबोनका कर्मचारीको सेवासुविधासम्बन्धी कार्यविधि खारेज गर्ने, विगतमा कर्मचारीका रुपमा प्राप्त गरेका सेवासुविधा फिर्ता गर्नुपर्ने र सेबोनले आर्थिक दायित्व सिर्जना हुने बिषयमा अर्थ मन्त्रालयको सहमति अनिवार्य रुपमा लिनुपर्ने अर्थ मन्त्रालयको (राजस्व सचिव) स्तरीय भदौ ३१ को निर्णय र असोज २ गतेको पत्रको विषयसँग असहमत हुँदै कर्मचारीहरुले असोज ७ गतेबाट पेन डाउन गर्दै आन्दोलन सुरु गरेका थिए।

‘सेबोनका दुवै कर्मचारी संघसंगठनसँगको वार्तामा अर्थ मन्त्रालय हाम्रा माग पूरा गर्न तयार भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीहरुले प्राप्त गरिरहेको सेवासुविधामा कटौती गर्ने र विगतमा प्राप्त गरेको सुविधा सरकारी बाँकीसरह फिर्ता गर्नुपर्ने अमानवीय प्रावधान अर्थ मन्त्रालय र सेबोन बोर्डले कार्यान्वयन नगर्ने सहमति भएको छ।’

अर्थ मन्त्रालयबाट अहिलेको असहज परिस्थितिको पूर्ण रुपमा निकास नआँउदासम्म कर्मचारीहरुले ४८ दिनअघि सुरु गरेको आन्दोलनको स्वरुप परिवर्तन गर्दै अगाडि बढ्ने निर्णय गरेका छन्। ‘सोही निर्णयअनुसार दैनिक रुपमा हुँदै आएको एक घन्टा धर्ना कार्यक्रमलाई जारी राख्दै पेन डाउनको कार्यक्रम हाललाई स्थगित गर्दै तत्कालका लागि काममा फर्किएका छौँ’, विज्ञप्तिमा भनिएको छ।

यही कात्तिक मसान्तसम्ममा कर्मचारीका मागहरु संबोधन गरी सेबोनको कर्मचारी सेवासर्त नियमावलीमा अर्थ मन्त्रालयले आवश्यक संशोधनसहित स्वीकृति गर्ने सहमति भएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘यही कात्तिक मसान्तसम्म कर्मचारीसँग भएका प्रतिबद्धताहरु कार्यान्वयन नभएमा कर्मचारी संघसंगठनले आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त ढंगबाट अगाडि बढ्नेछन्’, विज्ञप्तिमा चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS