काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ४.१५ अंकले घटेर २५६१.९४ को विन्दुमा झरेको छ।
सामान्य अंकले घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ४ वटा बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.६४ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले घटेको छ।
बजारमा आज ९० कम्पनीको शेयरभाउ बढेको छ भने १५१ वटा घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४८ करोड ८८ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः २५ करोड ७८ लाख रुपैयाँ
- एसबीएल डिबेन्चर–८९ः २४ करोड ९० लाख रुपैयाँ
- राधी विद्युतः १७ करोड ७२ लाख रुपैयाँ
- शिवम सिमेन्टः १५ करोड ५८ लाख रुपैयाँ
- एनआईएमबी डिबेन्चर–९०ः १४ करोड ८७ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १२ करोड ९७ लाख रुपैयाँ
- सहास ऊर्जाः ११ करोड ७ लाख रुपैयाँ
- सिनर्जी पावरः १० करोड ८८ लाख रुपैयाँ
- पिपुल्स पावरः १० करोड ४८ लाख रुपैयाँ

















