IME Life New

सहकारी संस्थाको साधारणसभामा कडाइ, विभागले दियो ७ बुँदे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहकारी संस्थाको वार्षिक साधारणसभा कडाइ गरिएको छ।

सहकारी विभागले ७ बुँदे निर्देशन दिँदै सहकारी संस्थाको साधारणसमा कडाइ गरेको हो। सहकारी सिद्धान्तअनुरुप सहकारी संघसंस्थाको साधारणसभाको बैठक आयोजना, कार्य प्रणाली र निर्णय प्रमाणीकरणका विषयहरु निर्धारण गर्न वञ्छनीय भएकोले यो निर्देशन जारी गरिएको विभागले स्पष्ट पारेको छ।

Esewa
Crest

अब सहकारी संघसंस्थाले साधारणसभाको सूचना ३० दिनअघि नै प्रस्तावहरुसहित प्रकाशन गर्नुपर्नेछ। दुई हजार वा सोभन्दा बढी सदस्य भएको संस्थाले साधारणसभा गर्दा स्थानीय तह वा वडाहरुमा सञ्चालक सदस्य पठाएर साधारणसभा गर्न र त्यस्तो साधारणसभाको निर्णय प्रमाणित गर्न लगाउनुपर्नेछ।

त्यस्तै दुई हजार वा सोभन्दा बढी सदस्य भएका सहकारी संस्थाले साधारणसभा भौगोलिक अवस्थितिका कारण एकै ठाउँमा भेला हुन नसक्ने अवस्थामा सदस्यहरुलाई पायक पर्ने स्थानमा बढीभन्दा बढी सहभागिताका लागि बढीमा ७ वटासम्म इकाइ गठन गरी सभा सम्पन्न गर्न पाउने निर्देशनमा उल्लेख छ।

सहकारी संस्थाहरुले सहकारी ऐन, २०७४ बमोजिम पुस मसान्तभित्र साधारणसभा अनिवार्य रुपमा सम्पन्न गर्नुपर्नेछ। साधारणसभा सकिएको १५ दिनभित्र सबै विवरणहरु अनिवार्य रुपमा कोपोमिस प्रणालीबाट विभागमा अद्यावधि गर्नुपर्नेछ।

निर्देशिका

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS