IME Life New

ट्यारिफ आम्दानीबाट हरेक अमेरिकीलाई २ हजार डलर दिने ट्रम्पको घोषणा, ‘विरोध गर्नेहरु मूर्ख’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक ट्यारिफको फाइदाका बारेमा चर्चा गरेका छन्।

सामाजिक सञ्जालको एक पोस्टमा उनले आफ्नो नेतृत्वमा अमेरिका स्थिर रुपमा प्रगति गरिरहेको बताए र अमेरिकी ट्यारिफको आलोचना गर्नेहरुलाई ‘मूर्ख’ भनेका छन्। उनले ट्यारिफको आम्दानीबाट लगभग प्रत्येक अमेरिकीलाई २ हजार डलर लाभांश वितरण गर्ने वाचा पनि गरे।

Esewa
Crest

ट्यारिफका लाभ सुनाउँदै आलोचकमाथि निशाना

ट्रुथ आउट सामाजिक प्लेटफर्ममा एक नयाँ पोस्टमा ट्रम्पले आफ्नो व्यापार नीतिको प्रचार गरे र दाबी गरे कि उनको नेतृत्वमा अमेरिका विश्वको सबैभन्दा धनी र सम्मानित देश हुनेछ। ‘रेकर्ड स्टक मूल्य, हाई ४०१(के) ब्यालेन्स र जताततै कारखाना विस्तार हुँदैछन्’, उनले भने।

ट्रम्पले ट्यारिफलाई अमेरिकाको आर्थिक शक्तिको प्रमुख कारकका रुपमा बचाउ गरे। ट्यारिफको विरोध र आलोचना गर्नेहरुलाई पनि लक्षित गर्दै उनले लेखेका छन्, ‘ट्याफिरको विरोध गर्नेहरु मूर्ख हुन्!’

प्रत्येक अमेरिकीले २ हजार डलर

ट्यारिफ आलोचकहरुलाई मूर्ख भन्दै राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा एउटा साहसिक वाचा गरेका छन्। जसमा भनिएको छ, ‘लगभग सबै अमेरिकीले (उच्च आय भएकाहरुबाहेक) ट्यारिफ लाभांशको अंशका रुपमा अमेरिकी ट्यारिफ आम्दानीबाट २ हजार डलर भुक्तानी पाउनेछन्।’ यद्यपि, उनले भुक्तानी कसरी र कहिले गरिनेछ भनेर निर्दिष्ट गरेनन्।

ट्यारिफहरुले ऋण घटाउने

ट्रम्पले आफ्नो पोस्टमा थप लेखेका छन्, ‘ट्यारिफ आम्दानीले अमेरिकाका लागि ट्रिलियन डलर उत्पन्न गरिरहेको छ र अमेरिकी राष्ट्रिय ऋण तिर्न सुरु गर्न पनि प्रयोग गर्न सकिन्छ। जुन अहिले ३७ ट्रिलियन डलर पुगेको छ।’

ट्रम्पको ट्यारिफसम्बन्धी पछिल्लो दाबी यस्तो समयमा आएको छ जब उनको ट्यारिफ कार्यक्रम कानुनी अनिश्चितताको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS