काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा भारी वृद्धि भएको छ । चाँदी भने सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २९ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३ हजार ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार १५ सय रुपैयाँमा किनबेच भएको थियो।

















