IME Life New

नियामकीय प्रावधान उल्लंघन गर्ने दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नियम मिच्ने दुई वाणिज्य बैंकमाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै कुमारी बैंक र प्राइम कमर्सियल बैंकमाथि कारबाही गरिएको जानकारी गराएको हो। दुवै बैंकले पहिलोपटकका लागि राष्ट्र बैंकले सचेत गराएको छ।

Esewa
Crest

राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) मा उल्लेखित व्यवस्था ‘कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था रहेको छ। तर, उक्त व्यवस्थाको अनुपालना नगरेकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा१ (क) को व्यवस्थाबमोजिम कुमारी बैंकलाई सचेत गराइएको छ।

यसैगरी निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंकले एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जालाई कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS