IME Life New

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादः उद्योग सञ्चालनका लागि सहजीकरण गर्न सरकारको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइन महसुलका विषयमा उद्योग सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।

मन्त्रिपरिषदको कार्यालयमा आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।

Esewa
Crest

‘केही उद्योगी व्यवसायीहरुले डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीको विषयलाई लिएर गरेको गुनासोका सम्बन्धमा यस कार्यालयमा प्रधानमन्त्रीको उपस्थितिमा अर्थमन्त्री, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, मुख्य सचिव, नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन हेर्ने सचिव एवं उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेको छलफलमा डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीलाई सरलीकरण गर्ने तथा पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र सम्बन्धित उद्योग व्यवसायी एवं उद्योग बाणिज्य महासंघबीच सहमति गरिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उद्योग सञ्चालनलाई सुचारु गर्न सम्बन्धित निकाय, उद्योगी व्यवसायी र नेपाल उद्योग बाणिज्य महासंघ समेतलाई आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS