IME Life New

सेबोन कर्मचारीको माग पूरा गर्न अर्थ मन्त्रालय प्रतिबद्ध, भोलिबाट काम सुचारु, अध्यक्षको के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विगत डेढ महिनादेखि आन्दोलनरत नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीको माग पूरा गर्न अर्थ मन्त्रालय प्रतिबद्ध भएको छ।

सेबोन कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले अर्थ मन्त्रालयका सहसचिवहरुले कर्मचारीको माग पूरा गर्न प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। ‘आज भएको छलफलमा अर्थ मन्त्रालयका सहसचिवहरुले यही कात्तिक मसान्तसम्म हाम्रा माग पूरा गर्न सहमति जनाउनुभएको छ’, उनले भने, ‘भोलिबाट हामी पेन डाउनको कार्यक्रम स्थगित गर्दैछौँ। सबै नियमित कार्य भोलिबाट हुनेछ। तर, कात्तिक मसान्तसम्म हाम्रा माग पूरा नभएमा फेरि हामीले पेसन डाउनमै उत्रिनेछौँ।’

Esewa
Crest

अर्थ मन्त्रालयले सेवासुविधा कटौती गरेको विषयलाई लिएर करिब डेढ महिनादेखि आन्दोलनरत सेबोनका कर्मचारी छन्। गत असोज २ गते अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डलाई लेखिएको पत्रपछि कर्मचारीहरु आन्दोलनरत हुन्। धितोपत्र बोर्डको सञ्चालक समितिले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिवस्तरीय निर्णय अविलम्ब फिर्ता लिई सेबोनको स्वयात्तता अक्षुण्ण राख्न कर्मचारीहरुले माग गरेका छन्।

अर्थ मन्त्रालयमा आज सहसचिव उत्तरकुमार खत्री र महेश आचार्यसँगको छलफलमा माग सम्बोधन गर्ने विषयमा सहमति भएको ढुंगानाले बताए। ‘हिजो अर्थमन्त्री रामेश्वर खनालसँग पनि छलफल भएको थियो, उहाँ पनि हाम्रा माग पूरा गर्ने विषयमा सकारात्मक हुनुहुन्छ’, उनले भने, ‘त्यसैले भोलिबाट सेबोनको काम नियमित हुनेछ। तर, तोकिएको अवधिभित्र हाम्रा माग पूरा नभएमा फेरि हामी आन्दोलनमा उत्रिनुको विकल्प हुँदैन।’

अध्यक्ष सन्तोष नारायण श्रेष्ठ आन्दोलन कर्मचारीसँग विषयमा खासै पहल गर्न नसकेको ढुंगानाले बताए। ‘मन्त्रालयले उहाँलाई कारबाही गर्ने विषयमा प्रक्रिया अगाडि बढाउने तयारी गरेको जस्तो देखिन्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS