IME Life New

बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयद्वारा एएमएल/सीएफटी सम्बन्धी अन्तर्क्रिया सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनमा कात्तिक १९ गते सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा सम्पन्न भएको थियो । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रको अध्यक्षतामा र नेपाल बीमा प्राधिकरण सम्पत्ति शुद्धीकरण निवारण शाखाका प्रमुख पदम प्रसाद सोडारीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

विशेष अतिथीको रुपमा गण्डकी प्रदेश सरकारका बीमाका फोकल ब्यक्ति अधिकृत चिन बहादुर रानाभाट रहेका थिए । कार्यक्रममा गण्डकी प्रदेशमा अवस्थित प्रत्येक बीमकबाट एक जना महिला सहित ३ जना शाखा तथा उपशाखा प्रमुखहरुको सहभागितमा रहेको थियो ।

Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरण सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सोडारीले प्रस्तुतिकरण दिएका थिए भने सहायक प्रथम बलराम लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमको प्रस्तुतिकरणमा शाखा प्रमुख पदम प्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८२ को बारेमा जानकारी दिदै सो बमोजिम बीमालेख जारी गर्नुपर्नेमा जोड दिएका थिए ।

निर्देशिका बमोजिम बीमालेख जारी नगरेमा दण्ड तथा सजायको भागिदार स्वय् नै हुनुपर्ने हुँदा ध्यनपूर्वक र रितपूर्वक बीमा व्यवसाय सञ्चालन गर्नका लागि शाखा तथा उपशाखा प्रमुखलाई अनुरोध गरेका थिए ।

शाखा तथा उपशाखा प्रमुखहरुको अन्तर्क्रिया तथा छलफल पश्चात पुनश्चत बीमकका प्रदेश प्रमुखहरुसँग सम्पत्ति शुद्धीकरण निवारणमा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको सभाहलमा भएको थियो ।

सो छलफलमा सम्पत्ति शुद्धीकरण निवारणमा बीमकका प्रदेश प्रमुखहरुको के कस्तो भूमिका रहन्छ त्यसलाई कसरी प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न सकिन्छ र शाखा तथा उपशाखमा कसरी ज्ञानको प्रवाह गर्ने लगायतका विषयमा छलफलभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS