काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलाको २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ३ हजार २० सय रुपैयाँमा किनबेच भएको थियो।

















