IME Life New

राष्ट्रियस्तरका विकास बैंकः नाफामा ४५% को संकुचन, कसको बढ्यो/घट्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८२।८३को प्रथम त्रैमास (साउन–असोज)सम्म साढे ७८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणअनुसार चालु वर्षको प्रथम त्रैमासमा कुल ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमासमा यी बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ४५.२० प्रतिशतले घटेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म ४ वटा विकास बैंकको नाफा बढेको छ भने ३ वटाको घटेको छ। एउटा बैंक भने घाटामा गएको छ। समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ भने वृद्धिदरका हिसाबले सांग्रिला डेभलपमेन्ट बैंक अगाडि रहेको छ।

चालु वर्षको असोजसम्म गरिमा विकास बैंकले २५ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यहीअवधिसम्म गरिमाले २२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यसैगरी धेरै नाफा कमाउने देस्रो बैंकमा मुक्तिनाथ रहेको छ। समीक्षा अवधिमा मुक्तिनाथले २२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म मुक्तिनाथले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २०.२४ प्रतिशतले घटेको छ।

तेस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। समीक्षा अवधिमा यो बैंकले २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १५.१७ प्रतिशतले घटेको छ।

यसैगरी चालु वर्षको असोजसम्म कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ९ करोड ७५ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले ८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा १२.९२ प्रतिशत, महालक्ष्मीको ३.४२ प्रतिशत र सांग्रिलाको ४६.५८ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा ज्योति विकास बैंकले ७ करोड ३ लाख रुपैयाँ नाफा कमाउँदा लुम्बिनी विकास बैंकले ३४ करोड ८५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्षको तुलनामा ज्योतिको नाफा ५३.४८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS