IME Life New

एनआईसी एशिया लघुवित्तका नवनियुक्त सञ्चालक भट्टराईले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले सपथ ग्रहण गरेका छन् । यसलघुवित्तको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिवाकर भट्टराईलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको हो ।

उक्त पदमा यस अघि सञ्चालक सुमन थपलिया संस्थापक समूहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए ।

Esewa
Crest

नव नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाली गरेका हुन् । बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका दिवाकर भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loans को रुपमा कार्यरत रहेका छन् ।

उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS