IME Life New

ब्याज आम्दानी घट्दा निफ्राको नाफामा ४०.५७% को संकुचन, ईपीएस रु. ४ भन्दा तल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निफ्राले २० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमासमा बैंकले ३५ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४०.५७ प्रतिशतले घटेको छ।

Crest

चालु वर्षको असोजसम्म बैंकको सञ्चालन मुनाफा २९ करोड ८३ लाख रुपैयाँमा भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ५० करोड १२ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ४०.४९ प्रतिशतले घटेको छ।

असोजसम्म बैंकले ३७ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५६ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी ३३.६९ प्रतिशतले कम हो।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ र सरप्लसमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिजर्भ र सरप्लसमा ४ अर्ब १६ करोड ५३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ७ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

चालु वर्षको प्रथम त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३.८६ रुपैयाँ, पीई रेसियो ६८.४६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११९.९७ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS