IME Life New

गाईभैंसीको बीमाका लागि नेपालमा पनि एआईमा आधारित डिजिटल बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा नेपालका केही जिल्लाहरूमा आर्टिफिसियल इण्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमता(एआई) मा आधारित पशुधन बीमा कार्यक्रम लागू गरिएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको अगुवाइमा लागू गरिएको यो कार्यक्रमका लागि प्लान्टस्याट नामक संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएको छ।

Esewa
Crest

गत असार महिनादेखि लागू यो कार्यक्रम अन्तर्गत नेपालको पहिलो एआई-सक्षम डिजिटल गाई र भैंसी बीमाबाट शुरू गरिएको छ। हाल हुम्ला, ललितपुर र अछाम जिल्लाहरूबाट शुरू गरिएको यो बीमा नेपालका साना किसानको जीविकोपार्जनको रक्षा गर्ने दिशामा सहयोगी हुने अपेक्षा गरिएको छ।

एआई आधारित प्रविधिले कुनै रोग वा दुर्घटनाको कारणले पशु मरेको अवस्थामा बीमा गरिएको पशु हो होइन भन्ने बारे पहिचान सुनिश्चित गर्न सहज बनाएको छ। बीमित पशुको बीमा गर्नु अघि खिचिएको तस्वीर र भिडियोसँग मृत पशुको तस्वीर र भिडियो दाँजेर एआईले दाबी भुक्तानी गर्ने वा नगर्ने निर्णय लिन बीमा कम्पनीलाई सघाउ पुर्‍याएको छ।

यो प्रविधिले किसानलाई पनि बीमा दाबीका लागि कम्पनीको कार्यालयसम्म धाउनु नपर्ने गरी बीमा गर्न सहज बनाएको छ। किसानले घरमै बसेर पनि मोबाइल एप्समार्फत नै मृत पशुको तस्वीर सहित क्षतिको विवरण दर्ता गराउन सक्ने सुविधा उपलब्ध छ।

पशुधनको बीमाका लागि पनि एप्सको प्रयोग गरे पुग्छ, बीमा कम्पनीको कार्यालयमा धाउनुपर्दैन।

यो बीमामा प्लान्टस्याटको अत्याधुनिक बायोमेट्रिक प्रविधि छ, यो प्रविधिमा एआईले बीमित पशुको थुतुनोको अाधारमा पहिचान यकीन गरेर बीमा दाबीलाइ सहज बनाएको छ। यसबाहेक बीमितले पशुधन बीमा गर्नका लागि समेत यो प्रविधि वरदान साबित हुने देखिएको छ,  जसले नेपालको सबैभन्दा दुर्गम कुनामा पनि नामांकन, धोखाधडी रहित बीमा र साँच्चै पहुँचयोग्य बनाउने प्लाण्टस्याटको दाबी छ।

प्लाण्टस्याटले तयार पारेको पशुधन बीमा सम्बन्धि मोबाइल एप्सले अफलाइनमा समेत काम गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS