IME Life New

सिंगापुरमा अनलाइन ठगलाई बेंतको लौरो हान्ने कानून लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण पूर्वी एशियाली मुलुक सिंगापुरले अनलाइन ठगीको घटना नियन्त्रण गर्न ठगीमा दोषी ठहरिनेलाई कोर्रा हान्ने कानून लागू गरेको छ।

एक वर्षको अवधिमा दर्ज भएका अपराधका घटनामध्ये ६० प्रतिशत अनलाइन ठगीको घटना भएपछि सरकारले बेलायती औपनिवेशिक शासनको पालाको सजायव्यवस्थालाई अझै निरन्तरता दिइरहेको छ।

Esewa
Crest

यसै हप्ता, सिंगापुरको संसदले फौजदारी कानूनमा संशोधन गर्दै ठगीमा संलग्नहरूलाई दण्डको रूपमा कोर्रा प्रहारको सजाय लागू गरेको हो । यस वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमा मात्र दशौं हजार ठगीका घटनाहरु दर्ज गरिएको थियो जसको परिणामस्वरूप लगभग ३८ करोड ५० लाख अमेरिकी डलर ठगी भएको थियो।

विदेश मामिला तथा गृह मामिलाका वरिष्ठ राज्यमन्त्री सिम एनले एक विज्ञप्तिमा भनेका छन्, “ठगी गर्नेलाई छडीको कम्तिमा छ प्रहारको सजाय दिइनेछ।”

स्थानीय सञ्चारमाध्यमले यो सजाय २४ प्रहारसम्म हुन सक्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS