काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ दशमलव २९ अंकले घटेर २,५९६ को विन्दुमा कायम भएको छ । आज ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२० कम्पनीको १ करोड ८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माबिलुङ इनर्जीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ८ दशमलव १५ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ८ दशलमव ११ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















