IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्रै बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.१२ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.९९ प्रतिशतले घटेको छ।

Esewa
Crest

आज बजारमा ७७ कम्पनीको शेयरभाउ बढेको छ भने १६५ समूहको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३० करोड ९१ लाख रुपैयाँ
  • राधी विद्युतः ३० करोड ७६ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २७ करोड ८५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड २६ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १९ करोड ५२ लाख रुपैयाँ
  • बुटवल पावरः १७ करोड ६६ लाख रुपैयाँ
  • सिनर्जी पावरः ११ करोड ७८ लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः ११ करोड ४३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ९ करोड ८२ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ९ करोड ४७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS