IME Life New

सागर डिस्टिलरीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिस्टिलरीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

सागर डिस्टिलरीको शेयर आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार आउँछ। तर, भोलि शुक्रबार शेयर कारोबार नहुने भएकोले यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा सागर डिस्टिलरीको ७२ लाख ६० हजार कित्ता शेयर सुचीकृत भएको छ। जसमा संस्थापकको ५८ लाख ८ हजार (८० प्रतिशत) र सर्वसाधारणको १४ लाख ५२ हजार (२० प्रतिशत) रहेको छ।

नेप्सेले सागर डिस्टिलरीलाई ‘सागर’ नै प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १०६.५२ रुपैयाँ र अधिकतममा ३१९.५६ रुपैयाँ तोकेको छ।

अब आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

सागर डिस्टिलरीले गत भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट गत असोज १२ गते धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS