IME Life New

दराज ११.११ “द बिगेस्ट सेल अफ दि ईयर कात्तिक २४ गते राति ८ बजेदेखि प्रारम्भ हुँदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११, “द बिगेस्ट सेल अफ दि ईयर”को आयोजना गर्ने घोषणा गरेको छ । “ फर दि शोस्टपर ईन यू” थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ । करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्नेछन् ।

यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखला नै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५% सम्म अफको फ्ल्याश सेल, ७५% सम्म अफको मेगा डिल, ७०% सम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११/ १११/ १,१११/ ११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नेछन् । साथै, असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिन सक्नेछन् । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।

Crest

मेगासेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्तरुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागी हुनका लागि ग्राहकहरूले १ रुपैयाँ मूल्यांकन गरिएका निशुल्क उपलब्ध हुने (१००% छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । यसरी अर्डर गर्न सफल सबैजना स्वतः डिलमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाउनु भएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१०,००० को खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।

नोभेम्बर १०को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८% हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् । साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मापनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसन विकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनि विशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् । त्यसैगरी, दराज च्वाइस च्यानल मार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रि गिफ्ट विथ फ्रि डेलिभरी अफरहरू पनि पाउनु हुनेछ ।

यस वर्षको मेगा डिलमा सेताफिल, ¥होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिन लाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेज प्लेटिनम पार्टनरका रूपमा रहेका छन् । गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक र सिल्भर पार्टनरका रुपमा किक लाईफस्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, ¥हाइना डर्मा रहेकाछन् । प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्तरुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथा लाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS