IME Life New

कालिका लघुवित्तको पहिलो त्रैमासः नाफा १९.६३ प्रतिशतले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १९.६३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तले १० करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ३१.२३ प्रतिशतले बढेको हो ।

Crest

त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १९.४५ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४२ पैसा रहेको छ।

४० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड ३० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तले ४ अर्ब २६ करोड १७ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।्

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६९ पैसा बढेर १९ रुपेयाँ ९६ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ५१ पैसा र मूल्य आम्दानी अनुपात ५०.८५ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS