IME Life New

पतिको मृत्यु भएको भन्दै पत्नीले लिइन् रु. २५ लाख बीमा दाबी, पति भने जीवितै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा एक दम्पती नक्कली मृत्यु प्रमाणपत्र जारी गरेर २५ लाख भारतीय रुपैयाँबराबरको बीमा रकम दाबी गरेको आरोपमा पक्राउ परेका छन्।

लखनऊ प्रहरीले बुधबार रवि शंकर र उनकी पत्नी केश कुमारीलाई बीमा धोकाधडीको आरोपमा पक्राउ गरेको छ। पतिकै योजनामा केश कुमारीले रवि शंकरको मृत्यु भएको दाबी गर्ने कागजातहरु जालसाजीपूर्वक प्रस्तुत गरेको र त्यसपछि बीमा कम्पनीलाई ठगी गरेको प्रहरीको भनाइ छ।

Esewa
Crest

एनडीटीभी डट कमका अनुसार प्रहरीको अनुसन्धान अगाडि बढ्दै जाँदा शंकर दम्पतीलाई प्रहरीचौकीमा ल्याइयो। प्रहरीसमक्ष पति र पत्नी दुवैले अपराध स्वीकार गरे। प्रहरीले अब दुवैलाई अदालतमा पेस गर्नेछ।

के भएको थियो ?

लखनऊ प्रहरीले जारी गरेको बयानमा उजुरीकर्ता सन्दीप वाडकुरले लिखित बयान दायर गरेका थिए। जसमा भनिएको थियो कि डिसेम्बर २०१२ मा अविभा इन्डियाका बीमित रवि शंकरलाई भारु २५ लाखबराबरको बीमा पोलिसी जारी गरिएको थियो।

सन् २०२३ अप्रिल २१ मा केश कुमारीले आफ्ना पतिको अप्रिल ९ मा मृत्यु भएको भन्दै बीमा दाबी दायर गरिन्। उनले भारु २५ लाखको मृत्यु दाबी दायर गरेकी थिइन्।

प्रहरीले केश कुमारीले पेस गरेका कागजातका आधारमा बीमा कम्पनीले दाबी स्वीकार गरिएको र बीमाको रकम अप्रिल २१ मा उनको खातामा स्थानान्तरण गरिएको जनाएको छ। यद्यपि, प्रहरीको आन्तरिक अनुसन्धानका क्रममा शंकर जीवित रहेको पत्ता लाग्यो अनि मुद्दा दर्ता गरिएको थियो।

प्रहरीले शंकर र कुमारी दुवै पक्राउ पर्नबाट बच्न निरन्तर प्रयास गरिरहेको जनाएको छ। तर, पछि उनीहरुलाई पक्राउ गरी प्रहरीचौकीमा ल्याइयो र सोधपुछ गर्दा दुवैले अपराध स्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS