IME Life New

समय घर्किन साढे २ महिना मात्र बाँकी छँदा जम्मा नाै बीमकले पारे बीमाङ्कीय प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्व निर्धारित समय सीमा पुरा हुन जम्मा साढे २ महिना बाँकी छँदा पाँच वटा जीवन बीमा कम्पनीसहित नाै बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणमा पेश गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार, जीवन बीमकमध्ये मेटलाईफ(अमेरिकन लाईफ इन्स्योरेन्स), सिटीजन लाईफ इन्स्योरेन्स, आइएमई लाईफ इन्स्योरेन्स, सूर्यज्योती लाईफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्योरेन्सले बीमाङ्की प्रतिवेदन पेश गरेका हुन्।

Esewa
Crest

निर्जीवन बीमकमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र आइजीआई प्रुडेन्सियलले प्रतिवेदन दर्ता गराएका छन् । लघु जीवन बीमक कम्पनी, गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले पनि गत आर्थिक वर्ष २०८१।८२ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन पेश गरेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणबाट इजाजत प्राप्त ७ लघु बीमक, १४ जीवन, १४ निर्जीवन र २ पुनर्बीमा कम्पनी सहित कुल ३७ बीमकमध्ये नाैवटाले मात्र बीमाङ्कीय प्रतिवेदन तयार पारेर पेश गरेका हुन्।

प्राधिकरणले आफ्नो बीमाङ्की परामर्शदाता मार्फत यी प्रतिवेदनहरूको अध्ययन, विश्लेषण पछि सशर्त वा निःशर्त बीमाङ्की प्रतिवेदन स्वीकृति गर्नेछ। प्राधिकरणले बीमाङ्की प्रतिवेदन स्वीकृत गरेपछि बीमकले वित्तीय प्रतिवेदन तयार पारेर प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ।

बीमा ऐन २०७९ को प्रावधान अनुसार, प्रत्येक आर्थिक वर्ष पुरा भएको ६ महिना(पुस मसान्त) भित्र वित्तीय विवरण तयार पारेर प्राधिकरण समक्ष पेश गर्नुपर्छ। कात्तिक महिनाको दोश्रो साता पुरा भइसक्दा नाैवटा कम्पनीले मात्र प्रतिवेदन तयार पार्न सकेकाले पुस मसान्तसम्ममा यो वर्ष थोरै बीमकले मात्र गत आवको वित्तीय विवरण तयार पार्न सक्ने संभावना छ।

बीमा ऐन २०७९ को दफा ८४ को उपदफामा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्ने प्रावधान छ।

तोकिएको समय सीमाभित्र वित्तीय वितरण तयार पारेर पेश गर्न नसकेमा प्राधिकरणले नगद जरिवाना सहितको कारवाही गर्न सक्ने व्यवस्था ऐनमा छ।

बीमा कम्पनीहरूले वित्तीय विवरण तयार पार्नु अघि प्राधिकरणबाट बीमाङ्कीय प्रतिवेदन स्वीकृत गराउनुपर्छ। बीमाङ्कीय प्रतिवेदनमा बीमाङ्कीले बीमा दाबीवापत व्यहोर्नुपर्ने संभावित वित्तीय दायीत्वको आधारमा बीमकको दायीत्व, जगेडावापत राख्नुपर्ने रकम र खुद बचतवापतको रकम निर्धारण गरेको हुन्छ।

लेखा परिक्षक नाफा नोक्सानको हिसाब किताबको लेखा परिक्षण गरे जस्तै बीमाङ्कीले पनि बीमकको बीमाशुल्क आम्दानी, लगानी प्रतिवेदन, स्वीकारेको जोखिम, संभावित दायीत्वको निर्धारण गर्छन् ।

बीमा प्राधिकरणले बीमाङ्कीय प्रतिवेदन स्वीकृत गरेपछि बीमकले खुद बचत र खुद नाफाको निर्धारण गरेर शेयरधनीका लागि वितरण योग्य नाफाको निर्धारण गर्न सक्ने भएकाले वित्तीय विवरण तयार पार्नुपूर्व बीमाङ्कीय प्रतिवेदन स्वीकृत हुन अनिवार्य हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS