IME Life New

३ महिनामा निर्जीवन बीमकको व्यापार १२ अर्ब ६५ करोड, कुनले कति गरे बीमाशुल्क संकलन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ८८ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४१ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS