IME Life New

असोज १८ को बाढीपहिरोबाट क्षतिग्रस्त सम्पत्तिको हालसम्म पौने ४ अर्ब बढीको बीमा दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोज १८ गतेको भारी वर्षाका कारण सिर्जित बाढीपहिरोबाट क्षतिग्रस्त सम्पत्तिको पौने ४ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको कात्तिक १२ गतेसम्मको तथ्यांकअनुसार १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा ७३४ वटा दाबीको ३ अर्ब ७८ करोड ४० लाख रुपैयाँबराबरको दाबी परेको हो। हालसम्मको कुल दाबीमा शिखर इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी परेको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा ६१ करोड रुपैयाँ बढीको दाबी परेको छ। यो रकम ५९ वटा दाबीको हो।

यसैगरी दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्सले ३३ वटा दाबीको ६० करोड ५६ लाख रुपैयाँ र तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६९ वटा दाबीको ५० करोड ९४ लाख रुपैयाँबराबर भुक्तानी गर्नुपर्ने देखिएको छ। एनएलजी इन्स्योरेन्सले ४६ वटा दाबीको ५० करोड ६० लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २६ वटा दाबीको ३० करोड ५० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३५ वटा दाबीको ३७ करोड ५७ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २१३ वटा दाबीको २१ करोड ४३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६४ वटा दाबीको १७ करोड ६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ६३ वटा दाबीको १२ करोड ४४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३१ वटा दाबीको १२ करोड १० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४५ वटा दाबीको १० करोड ६९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८ वटा दाबीको १० करोड ४६ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले ३४ वटा दाबीको २ करोड ८५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

उता ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३ वटा दाबीको ८ लाख २० हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ५ वटा दाबीको ८ लाख रुपैयाँ भुक्तानी पर्ने देखिएको प्राधिकरणले जनाएको छ।

हालसम्म कुनै पनि कम्पनीले असोज १८ गतेको बाढीपहिरो भएको क्षतिग्रस्त बीमाकृत सम्पत्तिको दाबी भुक्तानी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS